बन्धकको सूची ‘कुनै पनि क्षण’ दिइनेछ: हमास

काठमाडाैं | माघ ६, २०८१

बन्धकको सूची ‘कुनै पनि क्षण’ दिइनेछ: हमास

काठमाडौं:   प्यालेष्टिनी इस्लामी समूह (हमास)ले समूहले युद्धविराम सम्झौता अनुसार पहिलो चरणमा फिर्ता गर्ने भनिएका ३३ जना बन्धकको नाम सकेसम्म छिट्टै उपलब्ध गराउने बताएको छ ।
 

समूहका एक अधिकारीले इजरायलसँगको युद्धविराम सम्झौताअन्तर्गत रिहा गरिने बन्धकको सूची तयार भइरहेको र यसलाई ‘कुनै पनि क्षण’ हस्तान्तरण गरिने बताउनुभयो । 


उहाँले गाजामा देखिएको जटिलता र इजरायली बमबारीका कारण सूची निर्धारण कार्यमा ढिलाइ भइरहेको बताउनुभयो । 


युद्धविराम वार्तामा सहभागी एक अधिकारीले भन्नुभयो, “कुनै पनि बेला पहिलो तीन कैदीको नाम हस्तान्तरण गरिनेछ, तर फिल्ड स्थितिको जटिलता र निरन्तर बमबारीले यसलाई ढिलो बनाएको छ ।” 


यसअघि, इजरायलले हमासले सूची हस्तान्तरण गर्न नसकेका कारण युद्धविराममा ढिलाइ भएको बताएको थियो ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्